पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

२०७९ जेठ ६ गते ८:०३
पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

६ जेठ २०७९ परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँले साहनीलाई ८६ मतान्तरले पराजित गर्नुभएको हो । गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी हुनुभएको छ । माओवदी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो । अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) विजयी भएको छ । कांग्रेस वडा नं १ र ४, माओवादी केन्द्र वडा नं र ३, ५ र ६ तथा लोसपा वडा नं २ मा विजयी भएको छ ।

चौबिस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *