जोशीपुरमा नागरिक उन्मुक्ति विजयी
२०७९ जेठ ५ गते ९:२६
५ जेठ २०७९ टीकापुर । कैलालीको जोशीपुर गाउँपालिका अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी हुनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका वंशराम बडायकलाई पछि पार्दै विजयी हुनुभएको हो ।
उपाध्यक्षमा नागरिक उन्मुक्ति पाटीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी वडा नं. ७ को वडाध्यक्षमा नेकपा (एमाले)का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसरा कुमारी टमट्टा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल, र हिराप्रसाद चौधरी विजयी हुनुभएको छ ।
प्रतिक्रिया