तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित

२०७९ जेठ ५ गते ८:०८
तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित

५ जेठ २०७९ सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित हुनुभएको हो । मण्डलले पाँच हजार ४५७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले तीन हजार ५७५ मत प्राप्त गर्नुभयो । सिंह निर्वतमान अध्यक्ष हुनुहुन्छ ।

उपाध्यक्षमा निर्वाचित साहले तीन हजार ६८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले दुई हजार ९०४ मत पाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *