दोलखाको तामाकोसीमा समाजवादीले जित्यो गाउँपालिका प्रमुख
२०७९ जेठ ४ गते २०:०६

४ जेठ २०७९ चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ ।
तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित हुनुभएको छ । उहाँले पाँच हजार ४९० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अभिषेक सुवेदीले तीन हजार ४६६ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका सृजना सुवेदी निर्वाचित हुनुभएको छ । सुवेदीले पाँच हजार ४४१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका अम्बिका पोखरेलले तीन हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया