बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित

२०७९ जेठ ४ गते ९:०७
बागमती गाउँपालिका अध्यक्षमा लोप्चन, उपाध्यक्षमा दर्लामी निर्वाचित

४ जेठ २०७९ वालिङ । बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर दर्लामी निर्वाचित हुनुभएको छ ।

लोप्चनले चार हजार ९०९ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज सञ्जेलले चार हजार ५३ मत ल्याउनुभयो । गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी हुनुभयो । नेकपा एमालेका नमूना दोङले तीन हजार ७०० मत ल्याउनुभएको छ ।

पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित हुनुभएको छ । कांग्रेसबाट वडा नं १ ज्ञानबहादुर लो, २ मा रामबहादुर भुलुन र ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा र वडा नं ६ मा नारायण भोम्जन निर्वाचित हुनुभयो । वडा नं ५ मा माओवादी केन्द्रका नमराज तिमल्सिना र वडा नं ७ मा एमालेका होमप्रसाद बजगाईँ निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *