धादिङको गजुरी गाउँपालिका अध्यक्षमा माओवादीका श्रेष्ठ निर्वाचित

२०७९ जेठ ३ गते १४:५४
धादिङको गजुरी गाउँपालिका अध्यक्षमा माओवादीका श्रेष्ठ निर्वाचित

३ जेठ २०७९ धादिङ । धादिङको गजुरी गाउँपालिका अधयक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणशलाल श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा गठबन्धनबाट शर्मिला विसुराल विजयी हुनु भएको छ।

माओवादी केन्द्रले अध्यक्षसहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्षसहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिपर्धामा रहेको एमालेले वडा समेत जित्न सकेनन् ।

अध्यक्षमा जितका लागि गणशलाल श्रेष्ठले ६,३०८ ल्याएका थिए भने उनको प्रतिद्वन्दी एमालेका राजेन्द्र विक्रम बस्नेतले ४,०५१ मत ल्याए । ०७४ सालमा पनि यी दुई बीच प्रतिस्पर्धा रहेको थियो । बस्नेतले ४,३३६ मत ल्याउँद श्रेष्ठले ४,००६ मत ल्याएका थिए । त्यो बेलाको हारको बदलामा यो पटक गठबन्धनको सहयोग लिएर श्रेष्ठले चुक्ता गरेका छन् ।

यस्तै उप प्रमुखमा विजयी विसुरालले ५,६९९ मत ल्याएकी थिईन भने उनको प्रतिद्वन्दी एमाले उम्मेदवारले ३,५९२ मत ल्याएकी थिईन् । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमाले सँग परिजित बनेकी थिइन् । यो पटक गठबन्धनको सहयोगमा उनले पनि एमालेलाई बदला चुक्ता गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *