बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राना निर्वाचित

२०७९ जेठ २ गते २१:३८
बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राना निर्वाचित

२ जेठ २०७९ कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टलाई एक हजार ८०२ मत अन्तरले पराजित गर्दै कांग्रेसका राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष रानाले चार हजार १०३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका बिष्टले दुई हजार ३०१, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले एक हजार ७६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नुभएको छ ।

बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका शान्ति नाथ निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा नाथले तीन हजार ६७३ मत प्राप्त गर्नुभएको छ । एमालेका फुलदेवी रानाले तीन हजार २२७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका वसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभएको छ ।

बेलडाँडी गाउँपालिका–१, २, ३ र ५ मा नेपाली कांग्रेस तथा वडा नं ४ मा नेकपा एमालेको पूरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *