लाङ्टाङको मतपेटिका धुञ्चे पुग्यो, मतगणना सुरु

२०७९ वैशाख ३१ गते २०:५८
लाङ्टाङको मतपेटिका धुञ्चे पुग्यो, मतगणना सुरु

३१ वैशाख २०७९ रसुवा । गोसाइँकुण्ड गाउँपालिकाको मतगणना सुरु भएको छ ।

भौगोलिक विकटताका कारण पैदल मार्गबाट आज अपराह्न मात्र मतपेटिका धुञ्चे पु¥याइएका कारण गोसाइँकुण्ड गाउँपालिकाको मतगणना ढिलो भएको हो । मतगणना साँझ सवा सात बजेदेखि सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना कार्य गएरातिदेखि सुरु भएको र तीनवटा वडाको मत परिमाण सार्वजनिक भइसकेको छ । पछिल्लो जानकारीअनुसार रसुवा जिल्लामा पाँच हजारभन्दा बढी मतगणना भइसकेको र गणना कार्य निरन्तर जारी रहेको बताइएको छ ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट ३० हजार चारजना मतदाताले मतदान गरेको जनाइएको छ । तीमध्ये महिला १४ हजार ४२८ एवं १५ हजार ५७६ पुरुष मतदातले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *