फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराई विजयी

हिमालय टिभी
२०७९ वैशाख ३१ गते २०:०९
फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराई विजयी

३१ वैशाख २०७९ फुङलिङ । ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी हुनुभएको छ । भट्टराईले ३५४ मत प्राप्त गर्दै विजय हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ ।

त्यस्तै महिला सदस्य पदमा ३५७ मत प्राप्त गर्दै बिनिता राई विजय हुनुभएको छ । दलित महिला सदस्य पदमा ३४७ मत प्राप्त गर्दै कमला विश्वकर्मा विजयी हुनुभएको छ । खुल्ला सदस्य पदमा ३७८ र ३३७ मत प्राप्त गर्दै लक्ष्मी बिष्ट र नन्दकुमार इजम विजय हुनुभएको छ ।

फुङ्लिङ नगरपालिकामा गठबन्धनका कांग्रेसका प्रमुख पदका उम्मेदवार अमिर मादेनले ५०१ मत प्राप्त गर्नुभएको छ भने एमालेका छत्रपति प्याकुरेलले २०७ मत प्राप्त गर्नुभएको छ । यता, उपप्रमुख गठबन्धनका बमबहादुर भट्टराईले ४९१ मत प्राप्त गर्नुभएको छ भने एमालेका भीमादेवी ओझाले २१४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *