Main News

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

हिमालय टिभी
२०७९ वैशाख ३१ गते ७:३१
पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

३१ वैशाख २०७९ पोखरा । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

One thought on “पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

Leave a Reply to Nar bahadur pun Cancel reply

Your email address will not be published. Required fields are marked *