प्रिमियर लीग फूटबलमा एष्टन भिल्लाविरुद्ध लिभरपुल विजयी

हिमालय टिभी
२०७९ वैशाख २८ गते ८:०९
प्रिमियर लीग फूटबलमा एष्टन भिल्लाविरुद्ध लिभरपुल विजयी

२८ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल विजयी भएको छ ।

प्रिमियर लीगमा गएराति लिभरपुलले एष्टन भिल्लामाथि २–१ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भिल्लाले तेस्रो मिनेटमै डगलस लुइजको गोलसँगै लियो । लगत्तै छैठौं मिनेटमै लिभरपुलका जोल माटीपले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि ६५औं मिनेटमा साडियो मानेले गोल थप्दै लिभरपुललाई २१ ले जित दिलाए ।

जितसँगै दोस्रो स्थानको लिभरपुलले ३६ खेलबाट ८६ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको भने ३५ खेलबाट ८६ अंक नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *