यस्तो छ नुवाकोटमा चुनावी चहलपहल, विदुरमा कस्को अवस्था के ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २६ गते २१:१७
यस्तो छ नुवाकोटमा चुनावी चहलपहल, विदुरमा कस्को अवस्था के ? (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७९ नुवाकोट । निर्वाचनको दिन नजिकिँदै गर्दा नुवाकोटमा उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् । २ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा उम्मेदवार घरघरमा पुगेर मतदातासँग भोट माग्न व्यस्त छन् ।

एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको नुवाकोटका केही पालिकामा राप्रपासहितका साना दल पनि बलियो देखिएका छन् ।

नुवाकोटको दुई नगरपालिका र १० गाउँपालिकामा ४ सय ६४ पदका लागि १ हजार ९ सय ८८ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरु संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रम र प्रतिपक्षीलाई हराउने रणनीति बनाररहेका छन् । नुवाकोटको सदरमुकाम क्षेत्रको नगरपालिका हो विदुर । नेपालको पुरानोमध्येको एक विदुरलाई सुन्दर र व्यवस्थित बनाउन आफूसँग योजना रहेको भन्दै उम्मेदवारहरु मत मागिरहेका छन् ।

गठबन्धनका दलले संयुक्त उम्मेदवारी दिँदै गर्दा एमालेले पनि आफ्नो तयारी तिब्र बनाएको छ । २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख दुबै जितेको एमालेले सो कार्यकालमा सम्पन्न गर्न नसकिएका विभिन्न काम यो कार्यकालमा गर्ने भन्दै मत मागिरहेको छ ।

आजसम्मका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएर पालिकाको विकासमा ध्यान दिन नसकेको साना राजनीतिक दलका उम्मेदवारको गुनासो छ । आफू विजयी भए पारदर्शिता र भ्रष्टाचार अन्त्यका लागि काम गर्ने विदुर नगरपालिका वडा नम्बर ६ का राप्रपा उम्मेदवार विष्णुप्रसाद अर्यालको भनाइ छ । जनता ठुला भनिएका दलबाट दिक्क भएको र अब उनीहरुको आश्वासन जनताले नपत्याउने उहाँको दाबी छ ।

यसरी सबै दल र उम्मेदवार आआफ्नो तवरले निर्वाचनमा होमिँदै गर्दा सबैको आआफ्नै दाबी छ । जिल्लाका अधिकांश पालिकामा एमाले र कांग्रेसका उम्मेदवार बलियो देखिए पनि सत्ता गठबन्धनका दलबीचको तालमेलमा देखिएको समस्याले राप्रपासहितका साना दल पनि केही पालिका र वडामा बलियो देखिएका छन् । मत कस्को पक्षमा जानेछ भन्ने निर्वाचन परिणामले देखाउने नै छ । नुवाकोटमा रााष्ट्रिय ६ दलसहित २८ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *