अज्ञात समूहको धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु
२०७९ वैशाख २६ गते ७:१३

२६ वैशाख २०७९ चितवन । भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो ।
घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
प्रतिक्रिया