नागरिकको चाहना एकातिर उम्मेदवारको आश्वासन अर्कातिर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २४ गते १७:०१
नागरिकको चाहना एकातिर उम्मेदवारको आश्वासन अर्कातिर  (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७९ बर्दिया । चुनाव नजिकिएसँगै उम्मेदवारहरु परिवर्तनको आश्वसन बाँड्दै घरदैलो अभियानमा छन् । ठुलाठुला सपना देखाएर मत आफ्नो पक्षमा ल्याउने प्रयत्नमा छन् । तर, बर्दिया गुलरियाको सुकुम्बासी बस्तीका नागरिकको चाहना भने फरक छ ।

गुलरिया नगरपालिकाको सुकुम्बासी बस्तीका नागरिकका सपना धेरै छैनन् । तर, केही व्यक्तिको मतदाता नामावलीमा नाम नै छैन ।

आफ्नो समुदायमा राम्रो खानेपानी बाटो होस् भन्ने चाहना कस्को नहोला ? धेरैको सपना छ, सानो टुक्रा जमिन भएपनि आफ्नो नाममा होस् । सुखदुःख जे भएपनि जिन्दगी आफ्नै छाप्रोमा कटोस् ।

नेताहरु हरेक निर्वाचनमा मत माग्न पुग्छन् । तर गुलरियाका यी सुकुम्बासीको व्यक्तिगत, सामाजिक जीवन र आर्थिक अवस्थामा कहिल्यै सुधार आएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *