मतदानकै मुखमा मुग्लान–दैनिक हजारौं जनता भारत जाँदै (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २१ गते २१:३१
मतदानकै मुखमा मुग्लान–दैनिक हजारौं जनता भारत जाँदै (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७९ धनगढी । देश निर्वाचनमय छ, वैशाख ३० गते आफ्ना जनप्रनिधि चुन्न नागरिक आँतुर छन् तर कतिपय नागरिक निर्वाचनको प्रवाह नगरी २ छाक जुटाउन सुदूरपश्चिमका सीमा नाकाबाट भारत पसिरहेका छन ।

केही समय पहिले दैनिक तीन सय गौरीफन्टा नाका हुँदै भारत जाने गरेकोमा अहिले त्यो संख्या हजारको हाराहारीमा पुगेको छ ।

स्थानीय तहका जनप्रतिनिधिले ५ वर्षे कार्यकाल कार्यकर्ता पोस्ने र भ्रष्टाचार गरेर मात्र बिताएको सुदूरपश्चिमका मतदाताको आरोप छ । जनप्रतिनिधि गाउँको विकासभन्दा पनि आफ्नै विकासमा लागेको उनीहरुको बुझाइ छ ।

जनप्रतिनिधिले मुखले गाउँमै रोजगारी दिने प्रतिवद्धता जनाए पनि व्यवहारमा लागू नहुने भन्दै अछाम कमलबजार नगरपालिकाका भरत कोलि भोट नहाली भारत जाँदै हुनुहुन्छ ।

नेतालाई भोट दिएर परिवार पाल्न नसकिने भन्दै मतदान नगरी भारत पस्न बाध्य भएको उनीहरुको गुनासो छ ।

सुदूरपश्चिमको मुख्य नाका गौरीफन्टा भएर अहिले दैनिक नेपाल भित्रिनेभन्दा बाहिरिनेको संख्या बढ्दै गएको छ ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थानीय सरकारबाट जनताले ठूलो आशा गरेका थिए । तर स्थानीय सरकार गठन भइ एक कार्यकाल सकिए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *