बैतडीमा उम्मेदवार साउदमाथि खुकुरी प्रहार

हिमालय टिभी
२०७९ वैशाख २० गते १४:१८
बैतडीमा उम्मेदवार साउदमाथि खुकुरी प्रहार

२० वैशाख २०७९ बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्यका लागि माओवादीका उम्मेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको छ ।

गएराति करिब साढे १० बजे साउदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

साउदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । साउदलाई थप उपचारका लागि धनगढी लगिएको छ । साउदमाथि स्थानीय अजित साउदको समूहले आक्रमण गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *