धादिङमा भएको जीप दुर्घटनामा ९ जना घाइते

२०७९ वैशाख १८ गते २०:११
धादिङमा भएको जीप दुर्घटनामा ९ जना घाइते

१८ वैशाख २०७९ धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ जुम्रे डाँडामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

धादिङबेसीबाट गुम्दी जाँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते हुने ९ जनै गंगाजमुना गाउँपालिका– ४ गुम्दीका रहेका छन् । जसमा ५० वर्षीया सन्तुमाया गुरुङ, ८० वर्षीया तीर्थमाया गुरुङ, ३० वर्षीय यमबहादुर गुरुङ, ३३ वर्षीय सुकबहादुर गुरुङ, २४ वर्षीय रमेशबहादुर घले, २० वर्षीया तारा गुरुङ, २७ वर्षीया देशमाया गुरुङ रहेका छन् ।

त्यस्तै १२ वर्षीय बालक ठाकुर गुरुङ र ९१ वर्षीया श्रीमाया गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । जीप चालक भने जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *