निर्वाचनमा के चाहन्छन् नागरिक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १७ गते २०:३८
निर्वाचनमा के चाहन्छन् नागरिक ? (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७९ काठमाडौं । राजनीतिक दलहरु घोषणा पत्र जारी गर्दै जनताको मत आफ्नो पोल्टामा पार्ने तयारीमा छन् । नागरिकको प्रत्येक माग पूरा गर्ने उनीहरुको प्रतिबद्धता छ ।

उनीहरु गाउँठाउँ परिवर्तन गर्ने उद्घोष गर्छन । तर, नागरिक के चाहन्छन उनीहरू वास्ता गर्दैनन् । हामीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकलाइ के चाहनुहुन्छ भनेर सोधेका छौं ।

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । उम्मेदवारहरु ठूल्ठूला सपना देखाउँन तँछाडमछाडमा छन् । रेल र पानी जहाजका कुरा गर्न छाड्दैनन, राजनीतिक दलहरु । तर, मतदातालाई ठूला कुरा होइन, दैनिक जीवनमा सामान्य परिवर्तन भए पुग्छ ।

हामी सिन्धुपाल्चोकको बलेफी पुग्यौं, त्यहाँका मतदाताको आकांक्षा बुझ्ने प्रयास गर्‍यो । उहाँ पंगुमाया तामाङ, उहाँलाई ठूल्ठूला सडक चाहिएको छैन । उहाँलाई त घरसम्म खानेपानी उपलब्ध गराइदिने जनप्रतिनिधि पो चाहिएको छ ।

पंगुमाया जस्तै भवनाथ नेपाललाई पनि ठूलो सपनाले छुँदैन । भवनाथको सामान्य माग छ, केही पाइप, जाली भए ठूक्क हुने उहाँको आशा छ ।

बलेफीकै कृष्णबहादुर थापालाई त आवत जावत गर्न बस चलाउने वातावरण बनाइदिए नै पुग्छ ।

पंगुमाया, भवनाथ र कृष्णबहादुर जस्तै देशका कुनाकाप्चामा यस्तै धेरै नागरिक छन् । जसको कुनै सपना छैन, छ त दैनिक जीवन सहज बनाउन सहयोग गर्ने जनप्रतिनिधि । तर दुर्भाग्य उनीहरुको अपेक्षा यत्ति सानो बनिदिन्छ कि जनप्रतिनिधिहरु नजरअन्दाज गर्छन् । अनी नागरिकको सामान्य आकांक्षालाई निराशामा बदलिदिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *