उम्मेदवारको मृत्यु भएपछि कपिवलस्तुको बुद्धभूमि नगरपालिकामा निर्वाचन स्थगित

हिमालय टिभी
२०७९ वैशाख १७ गते १५:२९
उम्मेदवारको मृत्यु भएपछि कपिवलस्तुको बुद्धभूमि नगरपालिकामा निर्वाचन स्थगित

१७ वैशाख २०७९ काठमाडौं । कपिलवस्तुमा एक जना उम्मेदवारको मृत्यु भएपछि त्यहाँ स्थानीय तहको निर्वाचन स्थगित भएको छ ।

वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निर्वाचन स्थगित भएको हो ।

नगरपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बनेका तिवारीको गएराति मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *