पालिका अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी

२०७९ वैशाख १४ गते ६:४५
पालिका अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी

१४ वैशाख २०७९ काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ ।

नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गर्नुभएको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो”, उहाँले भन्नुभयो ।

यस्तै काठेखोला–३ मा महिला सदस्य पदकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की देउरुपा खड्काविरुद्ध पनि उजुरी परेको अधिकृत कार्कीले जानकारी दिनुभयो । सोही वडामा एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काकले उजुरी दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *