गुणस्तरमा सुधार गरेसँगै विद्यार्थीको संख्या बढ्दै ! (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ५ गते २१:१३
गुणस्तरमा सुधार गरेसँगै विद्यार्थीको संख्या बढ्दै ! (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७९ कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा हरेक वर्ष भर्ना गर्न आउने विद्यार्थीको संख्या बढ्दै गएको छ । विद्यालयले आफ्नो गुणस्तरमा सुधार गरेसँगै अभिभावकले आफ्ना सन्तानलाई सरस्वती माविमा भर्ना गर्न थालेका हुन् ।

कैलालीको गोदावरी नगरपालिका ५ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा ९ र १० कक्षामा भर्ना हुने विद्यार्थीको संख्या अत्यधिक हुने गर्थ्यो ।

तर केही बर्षदेखि सानो कक्षामा पनि भर्ना हुने विद्यार्थीको संख्या बढेको छ । अहिले १ देखि १० कक्षासम्म अंग्रेजी भाषामा पढाइ हुने यो विद्यालयले दुई पटक इन्टरनेशनल स्कुल अवार्ड पाइसकेको छ ।

विद्यालयले २०६४ सालदेखि अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेको हो । विद्यालयमा अहिले ११ सयभन्दा बढी अङ्ग्रेजी माध्यमबाट र ९ सय विद्यार्थी नेपाली माध्यबाट पढिरहेका छन । विद्यालयमा तीन वर्षदेखि नतिजा राम्रो ल्याएका कारण अभिभावकको आकर्षण बढेको हो ।

विद्यालयले नेपाली भाषामा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क र अंग्रजी माध्याममा अध्ययन गर्ने विद्यार्थीका लागि ५ सयदेखि ११ सयसम्म शुल्क लिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *