वीरेन्द्रनगरमा आगलागी नियन्त्रणको पूर्वतयारी– एउटा दमकल, थोरै कर्मचारी (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ५ गते १६:४७
वीरेन्द्रनगरमा आगलागी नियन्त्रणको पूर्वतयारी– एउटा दमकल, थोरै कर्मचारी (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७९ सुर्खेत । गर्मीयाम शुरु भएसँगै आगलागीका घटनाहरु बढिरहेका छन् । आगलागीजस्ता विपद्‍बाट हुने क्षतिको न्यूनिकरणका लागि नागरिकले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि त्यसतर्फ सरकारले ध्यान दिएको छैन ।

यसको उदाहरण हो सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा आगलागीको पूर्वतयारीको अवस्था कस्तो छ भन्ने त्यहाँ रहेको एउटा दमकल र थोरै कर्मचारीले देखाउँछ ।

आगलागीको घटनामा सबैभन्दा बढी ग्रामीण सदरमुकाम र तराईका वस्तीहरु प्रभावित हुँदै आएका छन् । यी स्थानमा आगलागी हुनुको मुख्य कारण विकट भौगोलिक स्थिति र कमजोर संरचना हुन् ।

तर, घटनाका बेला सुरक्षाका कुराहरु हुने अनि आगोसँगै सेलाउने परिपाटीका कारण यस्ता घटना दोहोरिरहेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि यसको एउटा उदाहरण हो । यहाँ एउटा मात्र दमकल छ, त्यो पनि कहिल्यै ठीक अवस्थामा हुँदैन । त्यसमाथि पानीको अभाव ।

आगलागीका घट्नालाई कम गर्ने तथा क्षति न्यूनिकरणका लागि केही संघसंस्थाले विभिन्न समुदायमा प्रशिक्षणका कार्यक्रम संचालन गरेका छन् । तर, सरकार भने गम्भीर छैन ।

हिमालय टेलिभिजनले यो विषय उठाएपछि नगरपालिका सचेत भएको छ । र, नगरप्रमुख देवकुमार सुवेदीले क्यामराअगाडि पूर्व तयारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृह मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा नेपालमा एघार हजार तीन सय ५७ वटा आगलागीका घटना भए । आगलागीमा परेर तीन सय ६८ जनाको मृत्यु भयो । १५ हजार ६ सय २६ घर परिवार प्रभावित भए र १३ अर्वभन्दा बढी धनमाल क्षति भयो ।

प्राकृतिक विपत्तीलाई रोक्न त सकिन्न । त्यसबाट हुने क्षति भने कम गर्न सकिन्छ । त्यसका लागि पूर्वतयारी नै मुख्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *