शहीद मार्गको कालोपत्रे तीन वर्षमै उप्किएपछि… (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ३ गते १९:२६
शहीद मार्गको कालोपत्रे तीन वर्षमै उप्किएपछि… (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ दाङ । सशस्त्र युद्धको समयमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ता, लडाकु र स्थानीय बासिन्दा मिलेर घोराही–होलेरी सडकको ट्रयाक खोले । शान्ति सम्झौतापछि सडक शहीद मार्गको रुपमा मान्यता पायो ।

पछि सरकारले घोराहीबाट रोल्पाको होलेरी, रुकुम हुँदै डोल्पा जोड्ने लक्ष्य राखेर यो सडकको स्तरोन्नती गर्‍यो । स्तररोन्नती भएको ३ वर्षमा नै कालोपत्रे उप्किएको छ ।

घोराही–होलेरी सडक । यो सडक कालोपत्रे भएको तीन वर्ष मात्र भयो । तर सडकको अवस्था यस्तो छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी बजारको दूरी ३१ किलोमिटरको हो । तर सडकको दुरावस्थाका कारण यात्रु र सडक किनाराका स्थानीय हैरान छन् ।

शान्ति प्रक्रियापछि यो सडक भारतीय एक्जिम बैंक अफ इन्डियाको सहयोगमा स्तरोन्नती भएको हो । २०७५ सालमा सिलरप्यासिफिक जेभीले ४० करोडको लागतमा स्तरोउन्नति सम्पन्न गरेको हो । स्तरोन्नति सम्पन्न भएको पहिलो वर्षबाट नै कालोपत्रे उप्कन थालेको थियो । अहिले तीन वर्ष पुरा हुँदा कालोपत्रे बाँकी रहेको ठाउँ कहिँ कहिँ मात्र भेटिन्छ ।

सडक स्तरोन्नती सम्झौता अनुरुप नगर्नु समस्या हो नै सँगै यही बाटो भएर दैनिक धेरैको संख्यामा चल्ने ट्रिपर पनि अर्को समस्या हो । होलेरीनजिकै धौलाबाङमा चुनढुंगाखानी छ । यहि बाटो भएर दैनिक धेरैको संख्यामा ट्रपरहरु चल्छन् ।

स्थानीयले ट्रिपर नचलाउन भन्दै पटक पटक आन्दोलन पनि गरे, स्थानीयको कुरा कसैले सुनेन । पालिका र प्रदेश सरकार सडक जिर्ण भएको स्विकार गर्छन् । तर, कार्यान्वयनको पाटोमा भने एकअर्कालाई देखाएर पन्छिने गर्छन् ।

निर्माण व्यवसायीले डीएलपी अर्थात दोष दायित्व अवधिमा देखिएका समस्या समाधान गर्नुपर्ने थियो । त्यो काम नहुँदा पनि सडक जीर्ण बनेको शहीदमार्ग आयोजनाको भनाइ छ ।

ठुला दुर्घटना हुँदा सबैले चासो र चिन्ता व्यक्त गर्छन् । तर, दुर्घटनाको कारण पत्ता लगाएर समाधान गर्न भने सम्बन्धित निकायको ध्यान गएको देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *