गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्ग ८ गतेदेखि सञ्चालन हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ३ गते १४:३१
गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्ग ८ गतेदेखि सञ्चालन हुने (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ भैरहवा । नेपाल नागरिक उड्डययन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।

प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो ।

प्राधिकरणका महानिर्देशक ईञ्जिनियर प्रदीप अधिकारीले वैशाख ८ गतेदेखि नयाँ धावनमार्ग सञ्चालनमा आउने भए पनि अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्धजयन्तीका दिनबाट शुरु हुने बताउनुभयो ।

महानिर्देशक अधिकारीले पोखरा विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

महानिर्देशक अधिकारीले प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि चौबिसै घण्टा खुल्ला गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *