अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

२०७८ चैत २३ गते २१:२६
अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

२३ चैत २०७८ सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट आज एक जनाको मृत्यु भएको छ ।

साँझ अज्ञात समूहको गोली प्रहारबाट छिमेकी देश भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आज साँझ करिब ६ः५० बजे अज्ञात समूहको गोली लागेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

गोली प्रहार कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान सुरु भएको र फरार रहेको समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *