स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण (भिडियो रिपोर्टसहित)

२०७८ चैत २३ गते १८:२५
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ कपिलवस्तु । स्वास्थ्य सेवामा खटिने महिला स्वयंसेविकालाई कपिलवस्तुको यशोधरा गाउँपालिकाले साइकल वितरण गरेको छ ।

साइकल चढेर सेवा दिन पाउने भएपछि गाउँपालिकाभर सक्रिय रहेका एक सय ६ जना स्वयंसेविका उत्साहित भएका छन् भने सहज र छिटो सेवा पाउने नागरिकको अपेक्षा पूरा हुने दिशामा अघि बढेको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा आठ वटा वडा छन् । जहाँ एक सय ६ जना महिला स्वयंसेविकाले खोप, मातृशिशु स्याहार र प्रशिक्षणलगायतका काम गरिरहेका छन् ।

व्यक्तिगत साधन नहुँदा पैदल हिँडेर वा सार्वजनिक सवारी साधनको सहयोग लिएर सेवाग्राहीको घरमा पुग्नुपर्ने बाध्यता थियो । गाउँपालिकाले साइकल दिएपछि त्यो बाध्यता हटेको छ ।

नागरिकलाई छिटो छरितो ढंगले स्वास्थ्य सेवा प्रदान गर्न सकियोस भनेर यो सुविधा दिइएको हो ।

गाउँपालिकाको स्वास्थ्य सेवाको प्रवर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण छ । यस्ता खालका प्रोत्साहनका कारण नागरिकले सहज र छरितो सेवा पाउन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *