बुटवलमा फर्जी लालपुर्जा वितरण गरेर रकम असुली (भिडियो रिपोर्टसहित)

२०७८ चैत २१ गते २०:२०
बुटवलमा फर्जी लालपुर्जा वितरण गरेर रकम असुली (भिडियो रिपोर्टसहित)

२१ चैत २०७८ बुटवल । बुटवल उपमहानगरपालिकाको हात्तिसुडमा वस्ती विकास समितिले फर्जी लालपूर्जा वितरण गरेर रकम असुली गरेको खुलेको छ ।स्थानीयलाई प्रलोभनमा फसाएर रकम असुली गरेको खुलेको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ देवीनगरकी लक्ष्मी राईलाई हात्तिसुड वस्ती विकास समितिले जग्गा दिने प्रलोभन दिँदै उहाँसँग ७२ हजार रकम माग्यो । २०७३ साल पुस २१ गते यो फर्जी लालपूर्जा पनि दियो । जग्गा खै भनेर सोधिरहँदा लग्गा मिल्छ भन्दै पुनः २० हजार रुपैँया माग्यो । उहाँले मागे जति पैसा दिनुभयो । तर जग्गा कहाँ छ उहाँलाई थाहा छैन ।

उहाँको जस्तै पीडा राधा बस्नेतको पनि छ । राधाले हात्तिसुड वस्ती विकास समितिलाई हालसम्म ३ लाख ४० हजार रकम दिई सक्नुभयो । तर जग्गाको अत्तोपत्तो छैन ।

उहाँहरु जस्तै धेरैलाई यस्तो आश्वासन दिइएको छ । बाढी पीडितहरु पटकपटक आफूसँग केही छैन भन्दै आएपछि टोकनको रुपमा उक्त कार्ड बाँडिएको तर, रकम असुली भने नगरिएको टोल विकास संस्थाका पदाधिकारी बताउँछन् । बाढी पीडितको छनौटमा सहज हुने भन्दै टोकन वितरण गरिएको उनीहरुको भनाई छ ।

विभिन्न विपदमा आफ्नो जमिन र बास गुमाएका पीडितलाई राज्यले हेर्नुपर्ने हो । तर, टोल विकास संस्थाले विभिन्न प्रलोभनमा पारिरहँदा समेत राज्य बेखबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *