समाज

ई–पासपोर्ट लिन जिल्ला प्रशासन गुल्मीमा यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

२०७८ चैत २० गते १७:२८
ई–पासपोर्ट लिन जिल्ला प्रशासन गुल्मीमा यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

२० चैत २०७८ गुल्मी । सरकारले मेसिन रिडेबल पासपोर्ट एमआरपीलाई विस्थापित गर्दै विद्युतीय राहदानी ई–पासपोर्ट कार्यान्वयनमा ल्याएको ६ महिना बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालयहरुले सहजै सेवा दिन सकेका छैनन् । वैदेशिक रोजगारी वा यात्राका लागि विद्युतीय राहदानी आवश्यक पर्छ । तर, जिल्ला प्रशासन कार्यालय गुल्मीले आफ्नो सेवा सीमित बनाउँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

ई–पासपोर्ट लिन राहदानी विभागदेखि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप हुने गरेको छ । गुल्मी जिल्ला प्रशासन कार्यालयले पनि आफ्नो सेवालाई सीमित बनाउँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

ई–पासपोर्ट लिन सुरुमा आफैंले वा साइबरबाट फारम भरेर तोकेको दिन फारम लिएर जानुपर्ने हुन्छ । तर सुरुकै फारम भर्न नपाउँदा कैयौं नागरिक सेवाबाट बञ्चित भएका छन् । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तीन चरणमा काम पूरा गरेपछि मात्रै ई–पासपोर्ट तयार हुन्छ ।

अहिले ई–पासपोर्ट लिने सेवाग्राहीको संख्या बढेको छ । काठमाडौंबाट सेवा लिन गाह्रो भएपछि प्रि–इन्रोल नगरी जिल्लामा गएर बस्ने गरेकाले चाप बढेको प्रशासनको अनुभव छ ।

विकसित मुलुकहरुले विद्युतीय राहदानी ई–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट दिन सुरु गरेको हो । तर प्रभावकारी सेवा दिन नसक्दा काठमाडौं उपत्यकालगायत बाहिरी जिल्लाका लागि पनि छपाईमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *