काठको ठेकी बनाउने चँदरा पेशा संकटमा (भिडियो रिपोर्टसहित)

१५ चैत २०७८ भोजपुर । भोजपुरमा परम्परागत रुपमा काठको ठेकी बनाउने चँदरा पेशा संकटमा पर्न थालेको छ । संरक्षण अभाव तथा पुस्तान्तरण नहुँदा पेशा संकटमा पर्दै गएको हो ।
भोजपुरमा काठका ठेकीसँगै विभिन्न भाँडाकुँडा बनाउने चँदरा पेशा संकटमा पर्न थालेको छ । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि स्थानीयले यो पेशा छाड्दै गएका हुन् ।
चँदरा पेशामा लागेकाहरुले एउटा ठेकी कुँदेर तयार गरेको ज्याला एक हजार देखि १५ सयसम्म पाउने गरेका छन् । मेहनतको आधारमा प्रतिफल नहुने र नयाँ पुस्ताले चासो नदिँदा पेशा लोप हुने अवस्थामा पुगेको हो ।
काष्ट पैदावरबाट पेशा सञ्चालन हुने भएकाले यसको संरक्षण तथा विकासमा अन्य निकायसँग सहकार्य गरेर पेशालाई जिवन्त राख्न पहल गर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।
पराम्पगत रुपमा सञ्चालन हुँदै आएका यस्ता पेशाहरुको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ । राज्यको तहबाट अव पनि यस्ता पेशालाई प्राथमिकता नदिने हो भने नयाँ पुस्ताका लागि इतिहास बन्दै जानेछ ।
प्रतिक्रिया