लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माणका लागि गुरुयोजना तयार (भिडियो रिपोर्टसहित)

२०७८ चैत १४ गते २०:५८
लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माणका लागि गुरुयोजना तयार (भिडियो रिपोर्टसहित)

१४ चैत २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणका लागि गुरुयोजना तयार पारेको छ। प्रदेश राजधानी दाङ, देउखरीको राप्ती ननी किनारमा आधुनिक शहरको परिकल्पना गर्दै गुरुयोजना तयार पारेको हो ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले एक वर्ष लगाएर तयार पारेको गुरुयोजना आज मुख्यमन्त्री समक्ष बुझाएको छ । योजनामा राप्ती नदी किनारामा बलियो तटबन्धन गर्दै नदीको सभ्यतामा आधारित शहरसहितको राजधानी निर्माण गर्ने योजना बनाइएको छ ।

गुरुयोजना सम्पन्न गर्नको लागि करिब १५ वर्ष लाग्ने अनुमान छ । मन्त्रालयको प्रशासनिक भवन निर्माणको लागि ३ अर्ब र गुरुयोजना पूरा गर्नका लागि करिब ७० अर्ब बजेट चाहिने प्राधिकरणको अनुमान छ ।

गुरुयोजना अनुसार गत मंसिरमा मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले राजधानी विकास गर्न जग्गा एकीकरण गर्ने कार्यविधि बनाएको थियो ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकबाट पारित भएपछि गुरुयोजनाले मान्यता पाउने छ ।

२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकेको हो । स्थायी राजधानीमा प्रशासन सञ्चालनको लागि आवश्यक भवन नभएपछि अहिले अस्थायी राजधानी बुटवलबाट नै प्रदेश सरकारको प्रशासनिक काम सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *