समाज

कञ्चनपुरमा दर्ताबिनै अस्पताल र क्लिनिक (भिडियो रिपोर्टसहित)

२०७८ चैत १३ गते २०:४५
कञ्चनपुरमा दर्ताबिनै अस्पताल र क्लिनिक (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ कञ्चनपुर । कञ्चनपुरमा दर्ता नभएका अस्पताल र पोलिक्लिनिकको संख्या बढ्दो छ । यसरी अवैध रुपमा सञ्चालित अस्पताल र पोलिक्लिनिकलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायको चासो देखिँदैन ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा टी एण्ड सी अस्पताल छ । अस्पताल खुलेको एक वर्ष पुगिसकेको छ । तर यो अस्पताल दर्ता छैन । यति मात्रै होइन अस्पतालमा एमडी गरेका चिकित्सक नै छैनन्, तर अस्पतालले एमडी गरेको चिकित्सकबाट उपचार हुने भन्दै अस्पतालमा व्यानर झुन्डाएर नागरिकलाई झुक्याइरहेको छ । अस्पताल दर्ता नै नगरी सञ्चालन गर्ने टी एण्ड सी कोरोनालाई दर्ता नगर्नुको कारण देखाएर आँखामा छारो हाल्ने काम गरिरहेको छ ।

टी एण्ड सी मात्रै होइन कञ्चनपुरको भरोसा केयर प्रा।लि, अलाइभ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, बलौरी पोलिक्लिनिक, न्यु शाही पञ्चकोशी डेन्टल क्लिनिक, लाइफ केयर प्याथोलोजी, झलारी पोलिक्लिनिक लगायतका दर्जनौ अस्पताल बिना दर्ता सञ्चालनमा छन् । आफुले सेवा लिने अस्पताल दर्ता नै नभएको थाहा पाएका सेवाग्राही भने ती अस्पताललाई कार्वाही गर्नुपर्ने माग राख्छन् ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को परिच्छेद ४ मा स्वास्थ्य संस्थाको इजाजत पत्र तथा नविकरणमा कसैले पनि इजाजत पत्र नलिइ निजि, गैर सरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख छ । तर कानूनको उल्लघन गर्ने अस्पताल र पोलिक्निकलाई कारबाही गर्नु पर्ने निकाय उनीहरुकै पक्षपोषण गरिरहेको छ ।

देश संघीय संरचनामा गएसँगै १५ शैयासम्मको अस्पताल स्थानीय तहले दर्ता र नविकरण गर्ने जिम्मेवारी दिइएको छ । स्थानीय तहको कार्यविधि र ऐन नबनेकाले जनस्वास्थ्य ऐन २०७७ अनुसार सञ्चालन र नवीकरणको व्यवस्था छ ।

तर दर्ता भयो या भएन भनेर अनुगम गर्ने मुख्य जिम्मेवारी पाएको जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तह गैह्रजिम्मेवार हुँदा कञ्चनपुरमा अस्पताल र पोलिक्निक बिन दर्ता चलिरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *