प्रदेश सरकारलाई ८ वटा सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १३ गते १८:२७
प्रदेश सरकारलाई ८ वटा सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारलाई ८ वटा सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्था (लिडो) नेपालले प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले भौतिक पूर्वाधार मात्रै नभइ सामाजिक विकासका क्षेत्रमा प्रदेश सरकारको ध्यान गएको बताउनुभयो ।

सरकारले तोकेको निर्देशिका अनुसार “ख” वर्गको मापदण्ड पुरा गरेको ८ वटा एम्बुलेन्सको लागत १ करोड ६३ लाख ८६ हजार रुपैँया रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *