स्रोत नखुलेको ५५ लाख नगदसहित दुई जना पक्राउ

२०७८ चैत १३ गते १४:३६
स्रोत नखुलेको ५५ लाख नगदसहित दुई जना पक्राउ

१३ चैत २०७८ महोत्तरी । महोत्तरीमा ५५ लाखसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

औरही नगरपालिका १ स्थित जलेश्वर, रामगोपालपुर बर्दिवास सडक खण्डमा ज९प ८२४७ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले बोकेको ५५ लाख नेपाली रुपयाको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।

पक्राउ पर्नेले उक्त पैसा कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको नखुलाएकाले थप अनुसन्धानसमेत भैरहेको डीएसपी विष्टले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा औरही नगरपालिका २ चेपकट बस्ने अन्दाजी वर्ष २० को धिरज कुमार यादव र रमेश कुमार सहनी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *