नेपालमा भेन्चर स्टुडियोको परिभाषा विस्तार गर्दै खुद्रा

हिमालय टिभी
२०७८ चैत १२ गते १४:५९
नेपालमा भेन्चर स्टुडियोको परिभाषा विस्तार गर्दै खुद्रा

१२ चैत २०७८ काठमाडौं । भेन्चर अर्थात उद्यम स्टुडियो तुलनात्मक रुपमा नयाँ तर नेपालमा एउटा आशावादी र क्रान्तिकारी अवधारणा हो । महत्वकांशी उद्यमी र कम्पनीका संस्थापकहरू यो अद्वितीय शब्दमा आई यसको अर्थ सोचेका हुन सक्छन् ।

यो उद्यमशीलताका लागि एक नवीन दृष्टिकोण हो जसले उद्यम पूँजीसँग कम्पनी गठनको संयोजन गर्दछ र छोटो अवधिमा धेरै व्यवसायहरू स्थापना गर्न खोज्छ ।

उद्यम स्टुडियोले उद्यमीहरूलाई प्रारम्भिक पूँजी रकम परिचालनमा समर्थन गरेर नयाँ कम्पनी निर्माण गर्ने अज्ञानतासँग जुध्न मद्दत गर्दछ । एउटा उद्यम स्टुडियोको लक्ष्य सम्भव भएसम्म आधारभूत तहबाट धेरै सफल स्टार्टअपहरु निर्माण गर्नु हो । यो हाम्रो सहसंस्थापक र दीर्घकालीन साझेदार जस्तै हो जुन जस्तो विषम परिस्थिमा पनि लामो समयसम्म सधैं रहिरहन्छ ।

नेपालमा उद्यम स्टुडियो परिदृश्य :
पछिल्लो एक दशकमा नेपालमा उद्यमशीलता तीव्र रूपमा बढेको छ । यसको परिणामको रूपमा धेरै उद्यम पूँजी ( भि. सि.) फर्महरू र प्रत्यक्ष विदेशी लगानीहरू (एफडिआइ) बढ्‌यो, यद्यपि भेन्चर स्टुडियो भने अझै सुनिएको छैन । यस दृष्टिकोणलाई कार्यान्वयन गर्न केही प्रयास भए पनि नेपाली अर्थतन्त्रमा यसलाई व्यापक रूपमा बेवास्ता गरेको पाइन्छ । स्पष्ट नीति अभाव र अव्यवस्थित प्रणालीको बीचमा, नेपालमा स्टार्टअप इकोसिस्टम अर्थात पारिस्थितिक पद्धति सुधार गर्न सन् २०१८ मा खुद्राको स्थापना भएको थियो ।
खुद्रा एक प्रकारको उद्यम स्टुडियो हो, जहाँ आशावादी साहसी आविष्कारकहरू कल्पित र उल्लेखनीय कम्पनीहरू विकास गर्न भेला हुन्छन् ।

खुद्राको संक्षिप्त इतिहास :
खुद्रा सन् २०१८ को अन्त्यतिर शशांक दास र साक्षत खड्काद्वारा स्थापना भएको थियो । सुरुमा, यो एउटा सानो ग्रामीण उद्यम साझेदार थियो जसले नेपालको ग्रामीण जनसङ्ख्यालाई सहयोग र वित्तीय साक्षरता प्रदान गर्न मद्दत गर्न अर्थात इनिसिएशन र आइएमईपे (आईएमई पे) जस्ता साझेदार संस्थाहरूसँग काम गर्‍यो । पछि एक भ्रमणको क्रममा, संस्थापकहरूले नेपालमा शहरी फर्महरूका लागि कठिन परिदृश्य भएको देखे र एउटा नवीन सोच कार्यान्वयन गर्नका लागि यसरी भेन्चर स्टुडियोको अवधारणा अघि सारियो र यो सिङ्‌गापुर र नेपालमा सञ्चालन भएको पूर्ण सेवा उद्यम कम्पनीमा परिणत भएको छ । संक्षेपमा भन्नुपर्दा यो स्टार्टअप, कम्पनी र उद्यमीहरूका लागि उनीहरूको विचारलाई अर्को स्तरमा लैजानका लागि एउटा उचित कार्यक्षेत्र हो ।

खुद्रा आजसम्म :
खुद्राले अघिल्लो आर्थिक वर्ष सिंगापुरमा ट्राभल टेक व्यवसाय, नेपालमा शिक्षा ( प्रविधि–एड. टेक) स्टार्टअप र विदेशी क्रिएटिभ फर्म ‘योद्धा स्टुडियो’ अधिग्रहण गरेर ठूलो प्रभाव पारेको थियो । खुद्राले आफ्नो प्रतिभा र कार्यक्षेत्र सदुपयोग गरेर भविष्यमा आफ्नो वित्तीय कार्यसम्पादन बढाउने प्रयास गरेको छ । खुद्राको आधारभूत एजेन्डा असाधारण कम्पनीहरु निर्माण गर्न सहासी संस्थापकहरुसँग काम गर्नु हो । यो आफ्नो स्टार्टअप मार्फत प्रभाव पार्न चाहने जोशिला संस्थापकहरुको विभाजित समूहमा केन्द्रित छ ।

खुद्राले स्टार्टअपहरूसँग तिनीहरूको व्यवसायमा समान साझेदारी गरेर काम गर्दछ । ब्रान्ड स्थापनाको साथसाथै क्रस– डोमेन विशेषज्ञता, प्राविधिक र व्यापार समर्थन प्रदान गरेर सहसंस्थापक बनि दिगो र स्वसक्षम नभएसम्म यसले दीर्घकालीन समर्थन समेत प्रदान गर्दछ ।

त्यसैगरी खुद्राको प्रक्रिया एकदम सरल छन् । यसले दुई मोडेलमा काम गर्दछ– एउटा जसमा व्यवसायहरू साँच्चै लगानीयोग्य र मापनयोग्य योग्य हुन्छन – जहाँ स्क्यट इक्युटी हुन्छ र आवश्यक भएमा लामो समयसम्म रहन सक्छ । अर्को बहुमतका लागि हो– प्रत्येक व्यवसाय लगानी योग्य हुन सक्दैन र यसले व्यापारको बहुमत पतन हुन्छ । यस्तो अवस्थामा खुद्रासँग नाफा बाँडफाँड वा क्षतिपूर्तिको राजस्व पनि रहेको हुन्छ । खुद्राले कोही पनि सुसुप्त उर्जाशील संस्थापकहरुलाई पछाडि छोड्दैन र यो आफ्नो विचारको बारेमा आशावादी सबैका लागि खुल्ला कार्यक्षेत्र हो।

यसैगरी खुद्रासँग सिंगापुर र नेपाल दुवै देशमा पाँच कम्पनीको राम्रो पोर्टफोलियो रहेको छ । उनीहरूलाई मापन वा मद्दत गर्न विश्वभरका उल्लेखनीय ब्रान्डहरूसँग काम गरेको छ । त्यसमध्ये केही अर्बन टिलर, बायोएसईए, वन सिनेमा, विद्यार्थी, योद्दा स्टुडियो, गोजेक आदि हुन्। यसले गहिरो विश्वास र स्टार्टअप पारिस्थितिक पद्धतिमा पनि प्रभाव र सकारात्मक छाप छोड्ने काम गरेको छ ।

यसले विभिन्न फर्म र संस्थापकहरूको सबै स्तरका प्रस्ताव साथै कुनै पनि डोमेनका विचारहरूलाई खुद्रामा आमन्त्रित गर्दछ । आशावादी र उर्जाशील संस्थापहरुले आफ्नो विचार खुद्रा समक्ष गरे पश्चात खुद्राले यसलाई विभिन्न अवधारणबाट कार्यान्वयनमा लैजान्छ । त्यसकासाथै यसले दिगो विकासमा ध्यान केन्द्रित गरेर र स्टार्टअप मैत्री दिगो वातावरणको विकास गरेर यसले युवा उद्यमीहरूलाई उनीहरूको लक्ष्यहरू प्राप्त तर्फ समेत धकेल्न चहाना राख्दछ ।

अत : यो प्रविधि र परामर्शको पृष्ठभूमिसँग अनुभवी उद्यमीहरूको एक समूहद्वारा नेतृत्व गरिएको उद्यम स्थल हो । जसले संस्थापकहरूलाई उनीहरूको प्रमुख स्टार्टअप विकास पद्धतिमार्फत रणनीतिक, प्राविधिक र रचनात्मक विशेषज्ञता प्रदान गरेर मद्दत गर्दछ । यसका साथै यो एउटा यस्तो अवधारण हो जसले आधारभूत विचार र विधिहरूबाट रोडम्यापहरू निर्माण गर्र स्तरोन्नति र राजस्व वृद्धि गरी नयाँ विचारहरूलाई दीर्घकालीन र अल्पकालीन रणनीतिक योजनाहरूमा रूपान्तरण गर्नसमेत मद्दत गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *