अलैंची खेतीले गर्‍यो मजदुरी गर्न भारत जानुपर्ने बाध्यता अन्त्य (भिडियो रिपोर्टसहित)

२०७८ चैत ११ गते १८:४०
अलैंची खेतीले गर्‍यो मजदुरी गर्न भारत जानुपर्ने बाध्यता अन्त्य (भिडियो रिपोर्टसहित)

११ चैत २०७८ दैलेख । रोजगारीको सिलसिलामा कर्णाली प्रदेशका अधिकांश जिल्लाबाट कामको खोजीमा भारत जाने चलन छ। दैलेखको नौमुले गाउँपालिकामा भने कमाउनका लागि भारत जानुपर्ने बाध्यता अन्त्य अलैंची खेतीले गरेको छ ।

धेरै वर्ष विदेशमा बसेर फर्कनेलाई दैलेखमा कालीपारे भनिन्छ । नौमूले गाउँपालिका वडा नम्बर १ का मनबहादुर बुढामगरले पनि भारतमा १५ वर्षसम्म भारतमा बसेर फर्कनुभयो । उहाँलाई पनि सबैले कालिपारे भन्ने गर्थे । तर विगत चार वर्षदेखि गाउँमै बसेर अलैंची खेती सुरु गरेसँगै मनबहादुरको पहिचानै फेरिएको छ ।

मनबहादुरको मात्रै होइन, नौमूले गाउँपालिकाका ३ सय ६३ जना कालिपारेकै पहिचान अहिले फेरिएको छ । किनभने उनीहरु पनि अहिले काम गर्न भारत जान छोडेर अलैंची खेतीतर्फ लागेका छन् ।

नौमूले गाउँपालिकालाई अहिले अलैची पकेट क्षेत्र बनाउन गाउँपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले पालिकाभरी ५ लाख अलैंचीका बिरुवा रोपेको छ ।

अलैची सुकाउने भट्टी समेत गाउँमै निर्माण गरिएको छ । किसानहरुले अलैची उत्पादन गरेर आम्दानी लिन सुरु गरिसकेको गाउँपालिकाका अध्यक्ष भदे बुढामगर बताउनुहुन्छ ।

नौमुले गाउँपालिकाबाट वर्षेनी युवाहरु कामको शिलशिलामा भारत जानुपर्ने बाध्यता थियो । अलैंची खेतिका कारण भारत जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गाउँपालिकाको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *