फेदाप गाउँपालिकाको नयाँ प्रशासनिक भवन बन्ने (भिडियो रिपोर्टसहित)
२०७८ चैत ११ गते १६:४७

११ चैत २०७८ तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उदघाटन भएको छ ।
भाडाको साँघुरो भवनमा सेवा दिँदै आएको फेदाप गाउँपालिकालले अब आफ्नै प्रशासनिक भवनबाट सेवा दिने भएको हो । गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङबाङ्गले आगामी दिनमा नागरिकलाई सहज सेवा प्रवाह गरीने बताउनुभयो ।
२०७४ सालदेखि भाडाको घरमा कार्यालय रहेको पालिकाको आफ्नै भवनमा वृद्धवृद्धा तथा अपाङ्गता भएका नागरिकका लागि हेल्प डेक्सको स्थापना गरीएको छ ।
गाउँपालिकाको आफ्नै भवन निर्माण भएपछि स्थानीय पनि खुशी छन् ।
भवन संघीय र प्रदेश सरकार तथा फेदाप गाउँपालिकाको कुल ७ करोड ८२ लाख ३३ हजारमा निर्माण गरिएको हो ।
प्रतिक्रिया