पाल्पाको शहीद उद्यानमा पर्यटकको संख्या यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

२०७८ चैत ९ गते १६:४६
पाल्पाको शहीद उद्यानमा पर्यटकको संख्या यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ पाल्पा । केही समयदेखि सानो सानो गाउँमा पनि आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । पाल्पाको तिनाउँमा रहेको शहीद उद्यान आन्तरिक पर्यटकको साथी बनेको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर २, दोभानमा रहेको शहीद उद्यान पर्यटकीय गन्तव्य बनेको हो । सशस्त्र द्वन्द्वमा तत्कालीन शाही सेनाको गोली लागेर पाल्पा सत्यवतीका १४ वर्षीय भेषबहादुर बस्नेत अविरलको मृत्यु भएको थियो ।

अविरलको सम्झनामा तिनाउ गाउँपालिका वडा नम्बर २ ले उद्यान बनाएको हो । उद्यानभित्र अविरलको शालिक छ, उद्यान क्षेत्रमा हात्तीको आकृति, बालउद्यान, खेल मैदान निर्माण भएसँगै शहीद उद्यान रमणीय बनेको छ । त्यसैले उद्यानमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

गाउँपालिकाको दोभान रुपन्देहीको बुटबल उपमहानगरपालिकासँग जोडिएको छ । गर्मी छल्न, प्राकृतिक सुन्दरताको अवलोकन गर्न शहीद पार्कमा आन्तरिक पर्यटक आउँछन् । विभिन्न सभा सम्मेलन, वनभोज स्थल, खेल मैदान पनि उद्यान भित्रै छ । जस्ले युवा पुस्तालाई आकर्षित गरेको छ ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भएको शहीद पार्कमा कोरोना कहरका कारण पर्यटक आगमनमा केही कमी आएको थियो । तर अब भने फेरि पहिलेको जस्तै पर्यटकको संख्या बढ्नेमा आवागमन बढ्नेमा स्थानीय आवश्वस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *