समाज

लालपूर्जा छ, जग्गा छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ६ गते २१:०९
लालपूर्जा छ, जग्गा छैन (भिडियो रिपोर्टसहित)

६ चैत २०७८ धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका किसानले आफ्नै जग्गामा समेत खेती गर्न पाएका छैनन् । करिव दुई सय परिवारसँग लालपूर्जा छ । तर, जग्गामा भारतीयले खेती गर्दै आएका छन् । यसबारे जिल्ला प्रशासन बेखबर छ भने स्थानीय सरकारको कुरा सुन्ने कोही छैनन् ।

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका प्रत्येक वर्षाका बेला बाढी र डुवानको चपेटामा पर्छ । किसानलाई एक पटक बाली भित्र्याउन तीन पटक बिउ रोप्नुपर्ने बाध्यता छ । यतिमात्र होइन यहाँका करिव दुई सय किसानसँग आफ्नो खेतको लालपुर्जा भए पनि खेती भने भारतीयले गरिरहेका छन् ।

गाउँपालिकाको वडा नम्बर १, २ र ५ का करिब दुइ सय किसानले यस्तो पीडा भोगिरहेका छन् । नदीले जमिन कटान गरेपछि नेपालीले भोगचलन गर्दै आएको जमिन अहिले नदी पारी पुगेको छ । भारतीय किसानले जमुनी नदीलाई सीमाना मानेका छन् ।

यो समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिहरु सक्रिय भए पनि भारतीय पक्ष कानमा तेल हालेर बसेको छ । स्थानीय जनप्रतिनिधिले यो समस्या समाधानका लागि संघीय सरकारलाई आग्रह गरेका छन ।

वडा नम्बर २ र ५ मा मात्रै करिव डेढ सय किसानको करिव २५ बिघा जमिनमा भारतीय नागरिकले खेती गरिरहेका छन् । यस विषयमा प्रशासन बेखवर छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा दशकौंदेखि सीमा विवादकै कारण पुल पनि बन्न सकेको छैन । पुल बनाउन शुरु भए पनि ६ वर्ष अगाडि भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेको छ र त्यहाँ पुल बन्न दिएको छैन ।

सीमावर्ती क्षेत्रमा बस्ने नागरिक आफ्ना भूभाग प्रति सचेत छन् । तर, सम्बन्धित निकायले समस्या समाधानमा चासो नदेखाउँदा सीमावर्ती क्षेत्रका नागरिकलाई आफ्नै जमिन विरानो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *