समाज

तीन वर्षदेखिको आशा अब यसरी निराशामा परिणत हुँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ६ गते १८:१७
तीन वर्षदेखिको आशा अब यसरी निराशामा परिणत हुँदै (भिडियो रिपोर्टसहित)

६ चैत २०७८ दाङ । दुई लेनको सडकलाई विस्तार गरेर चार लेन बनाउने निर्णयसँगै दाङका नागरिक खुसी भएका थिए । चिल्लो सडक उपभोग गर्ने नागरिकको तीन वर्षदेखिको आशा अब निराशामा परिणत हुन थालेको छ ।

ठेकेदारले पेटी ठेक्कामा दिँदा काम हुन सकेन । त्यहाँमाथि एउटा ठेकेदार ठगी मुद्दामा प्रहरीको हिरासतमा रहँदा थप समस्या भयो । यसले नागरिकलाई आक्रोशित पनि बनाउन थालेको छ ।

दाङको घोराही उपमहानगपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगपालिकाको हात्तीखौवासम्म करिब २८ किलोमिटर सडक निर्माण कार्य २०७५ पुस १३ गते शुरु भएको थियो । पुरानो कालोपत्रे भत्काइयो । अहिले त्यहाँका नागरिक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्य सडक बेहोर्न बाध्य छ ।

भारतीय कम्पनी तथ्य ईञ्जिनियरिङले एक करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा निर्माणको जिम्मा लिएको थियो ।

तथ्यले श्रेष्ठ कन्ट्रक्सनलाई र श्रेष्ठले पनि अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटीमा निर्माणको लागि जिम्मा दियो । पछिल्लो पटक काम थालेका निर्माण व्यवसायी अनुप पाण्डे ठगी आरोपमा अहिले प्रहरी हिरासतमा पुगेपछि झन् अन्योल बनेको छ ।

राजनीतिक पहुँचका आधारमा ठेक्का लगाइनु र सार्वजनिक खरिद ऐनले समस्या पारेको जनप्रतिनिधिको तर्क छ । खरिद ऐन संशोधन गरेर समस्या समाधान गर्नुपर्ने जनप्रतिनिधिको सुझाव छ ।

तीन वर्षमा जम्मा ७ प्रतिशतमात्र काम हुनु बिडम्बना नै हो । त्यसमाथि निर्माण व्यवसायी नै करोडौंको ठगी मुद्दामा मुछिएपछि स्तरीय सडक प्रयोग गर्न पाउने सम्भवा पर धकेलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *