समाज

भोजपुरका बिरामीलाई राहत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २८ गते २१:०८
भोजपुरका बिरामीलाई राहत (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७८ भोजपुर । गरिबीका कारण मुटु रोग, हाडजोर्नी, दम, स्त्री रोग जस्ता रोगबाट ग्रसित भोजपुरका बासिन्दाले नेपालकै वरिष्ठ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । लामो समयदेखि गरिबीका कारण उपचार गराउन नपाएका भोजपुरका बासिन्दाले आफ्नै जिल्लामा उपचार पाएका हुन् ।

एक मात्र सरकारी अस्पताल रहेको भोजपुरमा सामान्य बिरामी पर्दासमेत ठूलो आर्थिक भार व्यहोरेर स्वास्थ्य उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । जिल्लामै विशेषज्ञ चिकित्सहरुबाट मुटु रोग, हाडजोर्नी, दम, स्त्री रोग, यौन तथा छाला रोग, नाक, कान, घाँटी, आँखा, दाँत, लगायतका रोगहरुको निःशुल्क उपचार पाउँदा बिरामीहरुलाई राहत मिलेको छ ।

शिविरमा मुटु, हाडजोर्नी र आँखाका बिरामीको संख्या बढी पाइयो । जिल्ला अस्पतलाको भवन सुविधा सम्पन्न भए पनि दक्ष जनशक्ति नहुँदा बिरामीलाई समस्या हुने गरेकाले यसतर्फ ध्यान दिन विशेषज्ञको सुझाव छ ।

सामान्य रोगको समस्या भएका बिरामीलाई शिविरमै उपचार तथा औषधि वितरण गरिएको थियो । मुटुरोग हाडजोर्नी जस्ता जटिल खालका रोग भएका बिरामीहरुलाई भने जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा लगेर निःशुल्क उपचार गरिने जनाइएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, तथा विपन्न नागरिकलाई लक्षित गरेर शिविरको आयोजना गरिएको भोजपुर नगरपालिकाले जनाएको छ ।

भोजपुर अस्पताल र भोजपुर नगरपालिका, नेपाल चिकित्सक संघ र दावाँली मिलन क्लवको साझेदारीमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा तीन हजार एक सयभन्दा बढीले सेवा लिएका छन् । शिविरमा एक सय ५० भन्दा बढी विशेषज्ञ चिकित्सकले सेवा दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *