भाडाका विषयमा कुरा नमिल्दा हत्या (भिडियो रिपोर्टसहित)
२०७८ फागुन २७ गते १८:०६

२७ फागुन २०७८ धनगढी । अटो भाडाको विषयमा कुरा नमिल्दा धनगढीमा गत सोमबार भारतीय नागरिक कुलदीप गुप्ताको हत्या भएको खुलेको छ ।
मादक पदार्थ सेवन गरेका अटो चालक बाजुरा खप्तड छेडदहका राजेन्द्र बुढा र उनका साथी भुपेन्द्र बुढाले गुप्ताको हत्या गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो ।
गुप्ता भारतबाट धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए।
प्रतिक्रिया