समाज

यसरी असफल भयो महिलालाई उद्यमी बनाउने नगरपालिकाको योजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २७ गते १५:११
यसरी असफल भयो महिलालाई उद्यमी बनाउने नगरपालिकाको योजना (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७८ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला रोजगारीका लागि सञ्चालन गरेको कार्यक्रम असफल भएको छ । महिला स्वरोजगारअन्तर्गत सीप विकासका लागि दिएको तालिमले महिलालाई उद्यमी भन्दा पनि आश्रित बनाएको छ ।

नगरपालिकाको महिला स्वरोजगार कार्यक्रमले सीपको विकास मात्रै उद्यमी बनाउने आधार हैन भन्ने पनि प्रमाणित गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले २०७५ सालको नीति तथा कार्यक्रममा प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गर्‍यो । महिलालाई रोजगारीमा आकर्षण गर्ने भन्दै महिलालाई ढाका बुनाई तालिम दियो । तर, योजनादेखि कार्यान्वयनसम्म दीर्घकालिन सोच नहुँदा कार्यक्रमले महिलालाई उद्यमी हैन आश्रित बनाएको छ ।

सीप सिकेर केही गर्नुपर्छ भन्ने सोचको विकास हुन नसक्दा महिला नियमित तलबको अपेक्षा गरिरहेका छन् । व्यवस्थापन र उद्यमको सुरुवात गर्न पूँजी लगानीदेखि व्यवस्थापनसम्मको ज्ञान नहुँदा महिला आश्रित भएका हुन् । आत्मनिर्भरताको नारा घन्काउँदै ल्याएको परियोजना नगरपालिका आफैँलाई घाँडो बनेको छ ।

नगरपालिकाले आजसम्म पनि महिलालाई खाजा भत्ता दिएर सामग्री उत्पादनमा लगाइरहेको छ । महिलाले उत्पादन गरेको सामग्रीको न्यूनतम मूल्य पनि प्राप्त गर्ने गरेका छन् । सुविधा प्रदान गरिरहँदासमेत महिलाहरु कर्मचारीको रुपमा काम गर्ने चाहनामा देखिन्छन् ।

वीरेन्द्रनगर नगरपालिकाले यो योजना कार्यान्वयन गर्न करिब २८ लाख खर्च गरेको छ । तर, उद्यमका लागि व्यवसाय स्थापना, आवश्यक सामग्री र कच्चा पदार्थको व्यवस्थापन तथा बजार व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान नहुँदा महिला झनै परनिर्भर भएका छन् । यो परियोजनाको कार्यान्वयन पछि दीर्घकालिन प्रभाव मूल्याङ्कन नहुँदा समाधान हैन समस्या थपिन सक्छ भन्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *