समाज

घण्टाघर र पार्कको अवस्था यस्ताे दयनीय ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २५ गते १६:४२
घण्टाघर र पार्कको अवस्था यस्ताे दयनीय ! (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७८ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको घण्टाघरको मर्मत नहुँदा जीर्ण बनेको छ ।

कर्णाली प्रदेशकै पर्यटकीय पार्कका रुपमा रहेको घण्टाघरमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या वृद्धि गर्ने हेतुले पब्लिक प्राइभेट पार्टनरसिप योजना अन्तरगत व्यवसायीलाई हस्तान्तरण गरिएको छ । तर व्यवसायीले सरकारको भर पर्ने र सरकारले समयमै स्रोत व्यवस्थापन नगर्दा घण्टाघर र पार्कको अवस्था दयनीय बनेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको घण्टाघर । समयको जानकारीसँगै मीठो धुनसमेत दिने यी घडीले अहिले ठीक समय देखाउँदैन । घण्टाघरको प्राङ्गढमा सुन्दर पार्क बनाइएको थियो । केटाकेटीका लागि खेल्ने साधन समेत राखिएको थियो । तर, अहिले पार्कको अवस्था नाजुक छ ।

सँगै रहेको पोखरी लेउ र झारले ढाकेको छ भने भर्‌याङ भाँचिने अवस्थामा पुगेको छ । कर्णाली प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ योजनाहरुको चाङ लगाइरहँदा नजिकै रहेको घण्टाघरमा सरकारको नजर परेको छैन ।

२०४५ सालमा चीन सरकारको सहयोगमा स्थापना भएको घण्टाघर कुरुप बन्दै गएको छ । पार्कभित्र फोहोरको डङगुर छ । बाहिरी भागमा संरचना भत्किएका छन् । कर्णाली सरकारको आँगनमै रहेको घण्टाघरको कुरुप अवस्थाले प्रदेश तथा स्थानीय सरकारको काम कारबाहीको समेत प्रतिबिम्बित गर्दछ ।

वर्षको ५० हजार रुपैयाँ भाडा लिने गरी २०६८ सालमा निजी क्षेत्रलाई हस्तान्तरण गरिएको घण्टाघरको व्यवस्थापनमा निजी क्षेत्र र नगरपालिकाबीच तालमेल नमिल्दा यस्तो हविगत भएको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगर आउने पर्यटकको घण्टाघर हेर्ने र घुम्ने चाहना हुन्छ । तर जीर्ण र शिथिल भएर उभिएको घण्टाघर अनि नजिकैको दुर्गन्धले उनीहरुको चाहना मारिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *