राष्ट्रपतिद्वारा बादी समुदायका पाँच महिलाको कथा ‘नो लङगर अनटेबल’ सार्वजनिक
२३ फागुन २०७८ काठमाडौं । अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखेको किताब ‘नो लङगर अनटेबल’ रास्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नु भएको छ ।
बादी समुदायका पाँच जना महिलाको कथा समेटिएको पुस्तकको अंग्रजी प्रकाशन आइतबार रास्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सार्वजनिक गर्नु भएको हो । पुस्तक सार्वजनिक समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले अब छुवाछुत र मानवलाई बेचविखनलाई इतिहास बनाउन संसारभरका मानिस एकजुट हुनुपर्ने बताउनुभयो ।
पुस्तक सार्वजनिक कार्यक्रमका लागि यसै साता नेपाल आएकी लेखक ट्रेसीले मानव बेचविखन हिरोइजम र आशामा आधारित रहेको किताब विश्वभर विक्री गर्ने अमेजनमा बेस्ट सेलिङ पुस्तकको सूचीमा रहेको बताउनुभयो ।
साथै उहाँले नेपालका राष्ट्रपति समक्ष पुस्तक र समस्याबारे जानकारी दिन पाउँदा समस्या समाधानमा सरकार क्रियाशील हुने आशा ब्यक्त गर्नु भएको छ ।
पश्चिम नेपालका विभिन्न जिल्लाबाट भारतका विभिन्न सहरहरुमा बेचिएका र उद्धार भइ पुनःस्थापित ५ जना महिलाको कथा समस्या समाधानका लागि मार्ग बन्ने साराको भनाइ थियो । कविता बादी, देवीसारा हन्ना बादी, सरिता परियार, रुथ बादी र सुकमाया बादीको कथाहरु पुस्तकमा समेटिएको छ ।
कार्यक्रममा बोल्दै पुस्तकमा समावेश गरिएकी एक पात्र देवीसरा हन्ना बादीले आफुले आँखै अगाडी देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडी आउँदा खुसी लागेको बताउनुभयो । साथै उहाँले आज पनि एक पुरिया बिस्कुटमा आफ्नो शरीर बेचिरहेका दिदी बहिनीको पुनःस्थापनामा सरकारलाई झकझकाइदिन राष्ट्रपति समक्ष अनुरोध समेत गर्नु भएको थियो ।
प्रतिक्रिया