समाज

आन्तरिक पर्यटक तान्दै याङवर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २२ गते २०:५६
आन्तरिक पर्यटक तान्दै याङवर (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७८ पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकामा पर्ने निशान कालिका धाम तथा याङवर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि भौतिक संरचना निर्माणको काम तीव्र बनाइएको छ । ऐतिहासिक महत्व राख्ने यो स्थानमा आन्तरिक पर्यटक आकर्षित गर्ने गरी काम शुरु गरिएको हो ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत निशान कालिका धाम र याङवरक क्षेत्रमा भौतिक संरचना निर्माणका लागि ६ करोड ४४ लाख २४ हजार बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै यो क्षेत्रमा विभिन्न भौतिक पूर्वाधार निर्माण कार्य शुरु गरिएको छ ।

आफ्नो गाउँठाउँको ऐतिहासिक र साँस्कृतिक महत्वको क्षेत्रलाई पर्यटकीय गन्तव्य बन्ने भएसँगै स्थानीय पनि खुसी छन् । निशान कालिका धाममा नेपाल एकीकरणको समयमा भएको सम्झौतामा निशान प्रदान गरिएको श्री कम्फू निशान छ । याङवरक पोखरीको पनि आफ्नै साँस्कृतिक महत्व छ ।

याङवरक पोखरी संरक्षणसहित विभिन्न पूर्वाधार निर्माण गर्ने गरी ठेक्का लगाइएको छ । अब यो क्षेत्रमा पोखरी निर्माण, परम्परागत धारा निर्माण, सेड घर, जमिन विकास लगायतका काम हुनेछन् । साझेदारीमा अघि बढाइएको यो योजना सम्पन्न भएपछि यो क्षेत्र आन्तरिक पर्यटकको महत्वपूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

२०८१ असोज सम्ममा भौतिक संरचना निर्माण तथा संरक्षण कार्य सक्ने लक्ष्य लिइएको छ । लिम्बू समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा होमस्टे लगायतका थप संरचनाको विकास गर्न सके आन्तरिक पर्यटकको मन लोभ्याउन, निशान कालिका धाम र याङवरक क्षेत्र सफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *