Main News
वामपन्थी नेता वर्माको निधन
२०७८ फागुन २२ गते २०:४८

२२ फागुन २०७८ काठमाडौं । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ ।
उहाँ लामो समयदेखि नसाको रोगबाट बिरामी पर्नुभएको थियो । केही दिनदेखि उहाँ ह्याम्स अस्पतालमा उपचारत हुनुहुन्थ्यो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आउनुभएका वर्मा निष्ठावान् नेता मानिनुहुन्छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।
प्रतिक्रिया