समाज

नयाँ भवन नबन्दा प्रसुती सेवा प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २२ गते २०:३७
नयाँ भवन नबन्दा प्रसुती सेवा प्रभावित (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७८ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिमा निर्माण शुरु भएको ग्वाघा स्वास्थ्य चौकीको नयाँ भवन ३ वर्षमा पनि पूरा हुन सकेको छैन । समयमै भवन निर्माण हुन नसक्दा प्रसुती सेवा प्रभावित बनेको छ।

२०७५ साल चैत ५ गते कर्मा कन्ष्ट्रक्शन प्रालि काठमाडौँले संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीसँग २०७७ साल असोज १९ गतेभित्र निर्माण कार्य सक्ने गरी स्वास्थ्य चौकी निर्माणको सम्झौता गरेको थियो । तर, सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन ।

चन्द्रकोटमा स्वास्थ्य चौकी भवन नै नभएको भने होइन । पुरानो स्वास्थ्यचौकी भवनबाटै सेवाग्राहीले स्वास्थ्य सेवा लिइरहेका छन् । तर पुरानो भवनमा दुई वटा मात्रै कोठा भएकाले प्रसुती सेवा दिन भने समस्या भएको छ ।

निर्माण व्यावसायीले समयमै काम सम्पन्न गरेको कमै सुन्न पाइन्छ । निर्माणको काम समयमै पूरा गराउन खबरदारी गर्ने चेतनास्तर नागरिकमा पनि विकास भएको पाइँदैन । जनप्रतिनिधि पनि निर्माण व्यवसायीमाथि दोष थोपरेर पानीमाथिको ओभानो बन्ने गरेका छन् ।

समयै काम सक्नेलाई प्रोत्साहन र नसक्नेलाई दण्ड दिने नीति कडाइका साथ लागू गर्न सकिए चन्द्रकोटको स्वास्थ्य चौकी भवनको नियति अरुले भोग्न पर्ने थिएन कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *