समाज

आयुर्वेदप्रतिको विश्वास बढ्दै जाँदा सेवा लिने पनि यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते १८:१८
आयुर्वेदप्रतिको विश्वास बढ्दै जाँदा सेवा लिने पनि यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको संख्या बढेको हो ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालय । ५ वर्ष अगाडीसम्म दैनिक १०–२० जना बिरामी उपचारका लागि यहाँ आउने गर्थे । तर, आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ ।

घरेलु रुपमा आर्यूवेद पद्धतिबाट उपचार गर्नेहरु पनि आजभोलि औषधालय आइपुग्ने गरेका छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा औषधालयको स्तरोन्नति तथा सेवा सुविधा वृद्धि भएपछि सेवाग्राहीको संख्या बढेको हो ।

प्रदेश आयुर्वेद औषधालयले जिल्ला आर्यूवेद केन्द्र, स्थानीय तह र नागरिक आरोग्य केन्द्रलाई औषधि वितरण गरिरहेको छ । श्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन नसकेको औषधालयले गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आर्यूवेद उपचारलाई चुस्त बनाउन सकिने औषधालयको भनाइ छ ।

आर्यूवेद पूर्वीय चिकित्सा पद्धति हो । तर, आर्यूवेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *