समाज

जनकपुर–पोखरा सिधा हवाइ उडान शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते १६:४५
जनकपुर–पोखरा सिधा हवाइ उडान शुरु (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाम र गण्डकी प्रदेशको राजधानी पोखराबीच हवाइ उडान शुरु भएको छ । आज बुद्ध एयरको विमानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको १८ जनाको टोलीले पोखराबाट जनकपुरसम्म उडान गरेको हो ।

मुख्य पर्यटकीय शहर पोखरा र धार्मिक पर्यटकीय क्षेत्र जनकपुरबीचको हवाइ सम्पर्कले प्रदेशको सम्बन्ध प्रगाढ बनाउने आशा गरिएको छ । दुबै प्रदेशको आर्थिक विकासमा पनि यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेश सरकारको विश्वास छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जनकपुरका धार्मिक क्षेत्र घुमाएर आगामी दिनमा उडानबाट अधिकतम फाइदा कसरी लिन सकिन्छ भन्ने विषयमा छलफल पनि भयो ।

उडान भएसँगै जनकपुरका उद्योगी व्यवसायी पनि खुसी छन् । जनकपुरधाम आइपुग्ने भारतीय पर्यटक जनकपुरधामको दर्शन गरी सिधै पोखरा पुग्नसक्ने भएकाले अन्य संभावनाको ढोका खोल्ने उद्योगीहरुको विश्वास छ ।

जनकपुरबाट पोखरा उड्ने उडानको पहिलो ३ दिनको अग्रिम बुकिङ भइसकेको र बुकिङ हुने क्रम जारी रहेकाले यो उडान सफल र विस्तार हुने विमानस्थल व्यवस्थापनले बताएको छ ।

पर्यटकीय र धार्मिक क्षेत्रलाई जोड्ने यो उडानले पोखरा आउने पर्यटकलाई जनकपुर र जनकपुर आउने पर्यटकलाई पोखरा पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *