दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

हिमालय टिभी
२०७८ फागुन १४ गते १८:०३
दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

१४ फागुन २०७८ डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ । आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप००१क १८७९ नंको टिपर दुर्घटना भएको हो । करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो ।

जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट बागबजार जाने क्रममा उक्त टिपर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक जिल्ला दाङ घर भएका १६ वर्षीय अशिम चौधरी घाइते भएका छन् ।

घाइतेको खुट्टा र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । टिपर ब्याक गर्दा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *